Health Topic

 

* नवजात शिशुको हेरचाह कसरि गर्ने ? बालरोग विशेषज्ञ डा. लक्ष्मी केसीको अन्तरवार्ता

 

* घामबाट छालालाई जोगाउन कस्ता सनब्लक क्रिम छान्ने?

लामो समयसम्म घाममा बस्दा वा हिँड्दा विकिरणले छालामा प्रत्यक्ष असर पुर्याउँछ।

गर्मी मौसमको चर्को घामबाट छालालाई जोगाइराख्न जरुरी हुने चिकित्सकहरु बताउँछन्। घामबाट बच्न घर भित्र बसिरहन सम्भव हुँदैन। तर घाममा निस्किदाँ छालालाई डढ्नबाट जोगाउनका लागि थुप्रै उपायहरु अपनाउन भने सकिन्छ।

घामका बिकिरणले गर्ने हानीबाट छालालाई जोगाउन भन्दै बजारमा विभिन्न सनब्लक क्रिमहरु पाइन्छन्। विभिन्न कम्पनीका एसपिएफ क्षमता भएका यस्ता क्रिमले छालालाई डढ्नबाट धेरै हदसम्म जोगाउने विज्ञहरु बताउँछन्।

अल्का अस्पतालका  छाला रोग विशेषज्ञ डा. राजन बाबु तझ्याका अनुसार घामको विकिरणले छाला डढाउने, चाउरीपना बढाउने तथा क्यान्सर हुनेसम्मको जोखिम बढाउने गर्छ।

...Read more

 

* समयमा नै बाथ रोगको उपचार नगरे शरिरका अंगहरुलाई ‘ड्यामेज’ गर्छ

बाथ भनेको अथोराइटिस हो। तराईतिर कतिपयले यसलाई कठिया बाथ भनेर पनि भन्छन्।  यसले मानिसको अस्थिपन्जर प्रणालीलाई असर गर्छ। दुखाईबाट सुरु हुने रोग बाथ हो। यो एउटै किसिमको हुदैन्।

बाथ २ सय प्रकारका हुन्छन्।  कुनै व्यक्ति विशेषलाइ यो बाथ हुने होइन, जुनसुकै उमेरमा, जुनसुुकै बेला पनि जोसुकैलाई हुनसक्ने रोग बाथ हो।

यो एउटा सुरुवाति लक्षण भनेको दुखाईबाट हुन्छ। जसरी दिन वित्दै जान्छ समयमै उपचार भएन भने भयावह रोगको रुपमा आकार लिन्छ।  नशा, जोर्नी, मांसपेसी दुखेर उत्पत्ति हुने रोग बाथ हो ।

हड्डी, मासु, नशा, फोक्सो, मुटु र आँखा जहाँबाट पनि बाथ सुरु हुनसक्छ।  अहिलेसम्म यही कारणले बाथ हुन्छ भनेर पत्ता लागेको छैन। यो अटोनोनिजम डिजिज हो। शरिरको भित्रबाट उत्पत्ति हुन्छ।

हरेक मान्छेमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ। जसलाई हामीले इमनो डिफेन्सिभ पावर भन्छौं। बाथ भनेकै त्यो पावरलाई कमजोर पार्नेगरी उत्पन्न भएको पावरबाट बाथ जन्मन्छ।

अल्का अस्पतालमा कार्यरत बाथ राेग बिशेषज्ञ गुप्तासँग रबीन्द्र शाहीले गरेको कुराकानीमा अाधारित...Read More

 

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved