News And Events

बिनाशकारी भुकम्प गएको आज एक बर्ष भएको छ,


भुकम्पपछि यस अल्का अस्पतालमा घाइते भएकाहरुको भिड एक्कासी बढेको थियो, हामीले राष्ट्रलाई परेको बिपत्तीलाई साथ दिने प्रण गरि अस्पतालमा आएका घाइतेहरुको अहोरात्र खटिएर उपचार शुरु गरर्यौ। हाम्रा सहयोगी डाक्टर, तथा सम्पुर्ण स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी रात दिन नभनि भुकम्पबाट घाइतेहरुको उपचारमा लागिपरे, हामीले सो अवधीमा अस्पतालमा आउने सम्पुर्ण बिरामीको उपचारमा कुनै कसर बाँकी राखेनौ, स्वास्थ्य क्षेत्र भनेको सेवामुलुक क्षेत्र हो भनेर हामीले राष्ट्रिय बिपत्तीमा कुनै स्वार्थ नराखेर अस्पतालबाट सेवा प्रदान गरर्यौ, हामीले भुकम्पबाट घाइते भएकाहरुको निशुल्क रुपमा उपचार गरर्यौ, सरकारले भूकम्प पिडितको उपचारमा सहयोग गरे वापत अस्पताललाई अनुदान दिने घोषणा गरयो तर हामीले भुकम्प पिडितको राहतमा सहयोग पुगोस भनेर सरकारी अनुदान लिन समेत अस्वीकार गरयौ,


जस्तो सुकै कठिन अवस्थामा पनि हामी सामाजिक उत्तरदायित्वको क्षेत्रमा पछि पर्ने छैनौ, आगामी दिनमा पनि यस अस्पतालले सामाजिक क्षेत्रमा निर्वाह गर्दै आएको आफ्नो भूमिकालाई अझै फराकिलो बनाएर लैजानेछ ।

 
अन्त्यमा गत बर्षको बिनाशकारी भुकम्पमा परि दिवंगत भएकाहरुप्रति गहिरो श्रृद्धाञ्जली अर्पण गर्दै भुकम्प पिडितहरुको पुर्नस्थापनाका लागी सरकारले अभिलम्व कदम चालोस भन्ने बिश्वास राख्दछौ ।

 

अध्यक्ष कुमार थापा एवं समस्त अल्का अस्पताल परिवार

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved