News And Events

काठमाडौँ डाइविटिज एण्ड थाइराइड सेन्टर औपचारिक रुपमा सञ्चालनमा



मधुमेह तथा थाइराइडका विरामीलाई व्यवस्थित रुपमा विशेष उपचार सेवा प्रदान गर्न स्थापित काठमाडौँ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालि  औपचारिक सञ्चालनमा आएको छ । अल्का अस्पताल प्रालिको भगिनी संस्थाकोरुपमा स्थापित सो सेन्टर अस्पताल परिषरमै रहेको छ ।

काठमाडौँ डाइविटिज तथा थाइराइड सेन्टरका अध्यक्ष समेत रहेका अल्का अस्पतालका अध्यक्ष कुमार थापाले मधुमेह तथा थाइराइड रोगको विश्वस्तरीय सेवा प्रदान गर्नका लागि छुट्टै सेन्टर सञ्चालनमा ल्याएको बताए । उनले आफूहरुले रोग पडतालका लागि उच्चस्तरीय जनशक्ति तथा उपकरणहरु व्यवस्था गरेको बताए । उनले अब मधुमेह तथा थाइराइड रोगको उपचारका लागि विदेश जान नपर्ने दावी गरे । 

सेन्टरका निर्देशक एवं मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. अंशुमाला जोशीले सेन्टरले उपचार र रोकथामका लागि काम गर्ने बताए । उनले सेन्टर औपचारिक रुपमा सञ्चालनमा आउनु अघि परिषर भित्रै तथा बाहिर गरी मधुमेह तथा थाइराइड जाँच सम्वन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । विश्वमा ४० करोड बढी मधुमेहका विरामी रहेको भन्दै डा. जोशीले यस्तै अवस्था रहे १५ – २० बर्षमा सो संख्या ६० करोड पुग्ने विश्व स्वास्थ्य संगठनको दावी रहेको बताए ।

 

 

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved