News And Events

नख्खु कारागारमा अल्काको स्वास्थ्य शिबिर



बैशाख १९

ललितपुरको नख्खुस्थित कारागारमा अल्का अस्पतालले गरेको निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ३५ जना कैन्दीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए टु को सहयोगमा आइतवार गरिएकोस्वास्थ्य शिबिरमा कारागारमा रहेका सम्पुर्ण केन्दीबन्दीको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी समेत निशुल्क बितरण गरिएको थियो । शिबिरमा हाड जोर्नि तथा नशा रोग, नाक कान तथा घाटी, मानसिक रोग तथा छाला रोगबिशेषज्ञ चिकित्सकहरुले कैन्दीबन्दीको स्वास्थ्य परीक्षण गरेका थिए । शिबिरमा सहभागी मानसिक रोग बिशेषज्ञ डा.प्रदीप पाण्डेले परीक्षण गरिएका मध्ये केहीमा टाउको दुख्ने, निन्द्रा नपर्ने, मनमा कुरा खेलाउने र डिप्रेसनको समस्यापाइएको बताए । कतिपय कैन्दीबन्दीमा छाला रोगको समेत समस्या पाइएको छाला रोग बिशेषज्ञ डा. अमित अमात्यले बताए । उनीहरुलाई कम्तीमा १५ दिनदेखी एक महिनासम्मको औषधी समेत बितरण गरिएको अस्पालका अध्यक्ष कुमार थापाले बताए । शिबिरमा हाडजोर्निसम्बन्धी बिशेषज्ञ डा. आर्जन केसी, जनरल फिजिसियन डा. महेश दाहाल, छाला रोग बिशेषज्ञ डा. अमित अमात्य र नाक कान तथा घा“टी रोग बिशेषज्ञ डा. शास्वत कटुवालले कैन्दीबन्दीको स्वास्थ्य परीक्षण गरेका थिए । उक्त अवसरमा कैन्दीबन्दीहरुका लागी आइतवारदेखी संचालनमा आएको पुस्ताकालयका लागी अल्का अस्पतालले विभिन्न उपन्यास तथा स्वास्थ्य मूलक जानकारीसहितको किताव कारागार प्रशासनलाई उपलव्ध गराएको थियो । पुस्तकालयको कारागार प्रमुख चक्रपाणी गौतम, पुर्व जर्नेल राजेन्द्र थापा र अल्का अस्पतालका अध्यक्ष कुमार थापाले संयुक्त उद्घाटन गरेका थिए ।

 

केहि फोटोहरु:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

News & Events

Result of 3rd Healthy Baby Contest 2017 Result of 3rd Healthy Baby Contest 2017

Please click below link to download 3rd Healthy baby Contest Result.

 

3rd Healthy...

View Archive
Doctor's Appointment Great Health Topic Aims College
© Copyright 2006 - 2017 Alka Hospital | All rights reserved