News And Events

अल्काद्धारा उपत्यकाका ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण



बैशाख २६ ललितपुर
ललितपुरस्थित अल्का अस्पतालले काठमाण्डौ उपत्यकाका ट्राफिक प्रहरीको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आयोजित स्वास्थ्य शिबिरमा काठमाण्डौ उपत्यकामा कार्यरत ३ सय ३८ जना ट्राफिक प्रहरीको बिशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षण गरिएका मध्ये अधिकांस ट्राफिक प्रहरीमा श्वासप्रश्वासको समस्या, आँखा, छाला तथा ढाडको समस्या देखिएको थियो । धेरै जसो ट्राफिक प्रहरीमा धुलो र धुँवाका कारण श्वास प्रश्वास तथा छातीको समस्या देखिएको परीक्षणमा सहभागी छातिरोग बिशेषज्ञ डा. अजित श्रेष्ठले बताए । शिबिरमा छाला रोग, हाड जोर्नि, आँखा, नाक कान तथा घाटी, प्रशुति, छाति रोग, जनरल फिजिसियन लगायतका बिशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिबिरमा बिरामीहरुको अवस्था हेरेर इसिजी तथा मधुमेहको ल्याब परीक्षण निशुल्क गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए । अस्पतालले आवश्यकता हेरेर निशुल्क औषधी समेत बितरण गरेको थियो । अल्का अस्पताले उपत्यकाका ट्राफिक प्रहरीलाई लक्षित गर्दै बार्षिक रुपमा निशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।

 

केहि फोटोहरु:

 

 

 

 

 

News & Events

Result of 3rd Healthy Baby Contest 2017 Result of 3rd Healthy Baby Contest 2017

Please click below link to download 3rd Healthy baby Contest Result.

 

3rd Healthy...

View Archive
Doctor's Appointment Great Health Topic Aims College
© Copyright 2006 - 2017 Alka Hospital | All rights reserved