जेठ ५, ललितपुर
अल्का अस्पतालले ललितपुरस्थित सरकारी कार्यालयका प्रमुखहरुको बु्धवार निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । ललितपुरस्थित जिल्ला बिकास समितिको सभाहलमा आयोजित निशुल्क शिबिरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा, स्थानिय बिकास अधिकारी पशुपति पोखरेल, बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, उपमहानगरपालिका प्रमुख भरतमणी पाण्डे लगायत झण्डै एक सय जनाको स्वास्थ्य परीक्षण गरिएको हो । कार्यव्यस्तताका कारण नियमित स्वास्थ्य परीक्षण गराउन नभ्याउने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको अध्यक्ष कुमार थापाले बताए । स्वास्थ्य परीक्षणमा सहभागी अधिकांस कार्यालय प्रमुखमा उच्च रक्तचापको समस्या देखिएको मुटुरोग बिशेषज्ञ डा. उदय कुमार श्रेष्ठले बताए । केहीमा मधुमेहको समस्या पाइएको छ । शिबिरमा सहभागीहरुको मधुमेह तथा थाइराइड रोग बिशेषज्ञ डा. प्रिया दशर्नी योञ्जन, मुटुरोग बिशेषज्ञ उदय कुमार श्रेष्ठ र जनरल फिजिसियन डा. जीवन पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए । शिबिरमा सहभागीहरुलाई चिकित्सकको सिफारिसमा निशुल्क ल्याव परीक्षणका साथै औषधी समेत बितरण गरिएको थियो । शिबिरमा सहभागी भएकाहरुलाई दुई साताभित्र फलोअपमा आएपनि बिशेषज्ञ परामर्श सेवा निशुल्क गरिने अस्पतालका अध्यक्ष थापाले बताए ।
केहि फोटोहरु: