थाइराईड दिवसमा क्याम्प र र्याली
काठमाडौ।
अल्का अस्पताल प्रा.लि, काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रा.लि जावलाखेल ललितपुरले विश्व थाइराइड दिवस २०१६,मे २५ को अवसरमा थाइराइड सम्वन्धि निशुल्क स्वास्थ्य शिविर र जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व थाइराइड दिवसको अवसरमा आयोजना गरिएको थाइराइड सम्वन्धि निशुल्क स्वास्थ्य शिविरमा ३०० सय जना ले निशुल्क स्वास्थ्य परिक्षण गराएका थिए । सो शिविरमा वरिष्ठ थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा अंशुमाली जोशी र डा. प्रियादर्शीनी योञ्जनले विरामीको निशुल्क उपचार गराएका थिए । त्यस अवसरमा विरामीको टि.एफ.टी, टि.एस.एच लगायतका परिक्षण गर्नुका साथै निशुल्क रुपमा १ महिना सम्मको लागि औषधी वितरण गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए । विश्व थाइराइड दिवसकै अवसरमा बुधवार अस्पतालले ललितपुरको जावलाखेलमा आयोजना गरेको जनचेतनामूलक र्याली कार्यक्रममा अस्पातलका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संलग्न रहेका थिए ।अल्का अस्पतालले विगत केहि वर्ष देखि थाइराइड दिवसका अवसरमा निशुल्क स्वास्थ्य परिक्षण र जनचेतनामूलक र्याली कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
केहि फोटोहरु: