News And Events

ललितपुरको लुभुमा अल्काको स्वास्थ्य शिबिर



ललितपुरको लुभुमा अल्काको स्वास्थ्य शिबिर
जेठ २३ आइतवार
अल्का अस्पतालले ललितपुरको लुभुुमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा २ सय जना बिरामीले निशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लुभुको सहयोगमा आयोजना गरिएको शिबिरमा स्त्री तथा प्रशुती रोग बिशेषज्ञ डा. प्रिती बज्राचार्य, जनरल फिजिसियन डा.जीवन पौडेल र दन्तरोग बिशेषज्ञ डा. शुदेश्ना बज्राचार्यले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । राजधानी नजिकै भएर पनि स्वास्थ्य सेवाको नियमित पहुँचमा पुग्न नसकेका बिरामीहरुलाई लक्षित गरि शिबिरको आयोजना गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए । परीक्षणमा सहभागी बिरामीलाई निशुल्क औषधी समेत बितरण गरिएको थियो ।

केहि फोटोहरु:

 

 

 

 

 

 

 

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved