News And Events

नेपाल टेलिकममा अल्काको स्वास्थ्य शिबिर



नेपाल टेलिकममा अल्काको स्वास्थ्य शिबिर

जेष्ठ ३२

ललितपुरस्थित अल्का अस्पतालले नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा २ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल दुरसंचार संस्थान कर्मचारी र धनसार बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना भएको शिबिरमा स्त्री तथा प्रशुती रोग बिशेषज्ञ डा. प्रिती बज्राचार्य, जनरल फिजिसियनद्वय डा. जीवन पौडेल र अनिल कुमारले बिरामीको स्वाथ्य परीक्षण गरेका थिए । शिबिरमा सहभागीहरुलाई अस्पतालले निशुल्क रुपमा औषधी समेत बितरण गरेको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

केहि फोटोहरु:

 

 

 

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved