News And Events

बिश्व हेपाटाइटिस दिवसको अवसरमा अल्काको निशुल्क स्वास्थ्य शिबिर



बिश्व हेपाटाइटिस दिवसको अवसरमा अल्काको निशुल्क स्वास्थ्य शिबिर

साउन १३

अल्का अस्पतालले एक सय जना हेपाटाइटिस रोगका बिरामीको निशुल्क स्वास्थ्य उपचार गरेको छ । विश्व हेपाटाइटिस दिवसको अवसर पारेर अल्का अस्पतालले आयोजना गरेको ३ दिने निशुल्क शिबिरमा सहभागी बिरामीको अस्पतालका कलेजो रोग बिशेषज्ञ डा. अनन्त श्रेष्ठ र डा. थुप्तेन के लामासहितको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । हेपाटाइटिसका बिरामीलाई लक्षित गरि आयोजना गरिएको शिबिरमा Liver Function Test, HBSAG, Urine Bile Pigment, USG जस्ता आवश्यक परिक्षणहरु समेत निशुल्क गरिएको थियो । अस्पतालले हेपाटाइटिसका बिरामीलाई मात्र उपचार प्रक्रियामा सहभागी हुन सार्वजनिक सुचना जारी गरेको थियो । शिबिरमा अधिकांस हेपाटाइटिस बी र सि का बिरामी सहभागी भएको र उनीहरुलाई एक हप्तासम्म फलोअप परीक्षण समेत निशुल्क गरिएको कलेजो रोग बिशेषज्ञ डा. अनन्त श्रेष्ठले बताए । स्वास्थ्य परीक्षणमा आएका बिरामीलाई चिकित्सकसहितको टोलीले हेपाटाइटिस रोग सर्ने तरिका र त्यसको जोखिमबाट बच्ने उपायका बिषयमा पनि जानकारी गराएका थिए । हेपाटाइटिसवारे सर्वसाधरणमा जनचेतना फैलाउन र लक्षित बिरामीलाई उपचार दिने उद्देश्यले शिबिरको आयोजना गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

केहि फोटोहरु:

 

 

 

 

News & Events

Result of 3rd Healthy Baby Contest 2017 Result of 3rd Healthy Baby Contest 2017

Please click below link to download 3rd Healthy baby Contest Result.

 

3rd Healthy...

View Archive
Doctor's Appointment Great Health Topic Aims College
© Copyright 2006 - 2017 Alka Hospital | All rights reserved