News And Events

अल्का अस्पतालद्वारा विभिन्न जिल्लामा एक हजार बढीको निशुल्क स्वास्थ्य परीक्षण



अल्का अस्पतालद्वारा विभिन्न जिल्लामा एक हजार बढीको निशुल्क स्वास्थ्य परीक्षण

अल्का अस्पतालले काभ्रे, सिन्धुपाल्चोक, तनहुँ र ललितपुरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा एक हजार ५० जनाले स्वास्थ्य परीक्षण गराइका छन् । रोटरी क्लवको सहयोगमा अस्पतालले यही पौष ८ गते काभ्रेको कुन्तावेसीमा गरेको स्वास्थ्य शिबिरमा ३ सय ५७ जनाले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिबिरमा हाडजार्नी, नाक कान घाँटी, स्त्री रोग, जनरल फिजिसयन र डेन्टल बिभागबाट चिकित्सकहरु डा. सुमन डंगोल, डा.सुमन थापा, डा. अनिल कुमार लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । यस्तै अस्पतालले तनहुँमा पुगेर पनि एक दिने निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ । सत्य साइ केन्द्र तनहुँ टुहुरे पसलको संयोजनमा यही पौष ११ गते भएको स्वास्थ्य शिबिरमा ३ सय ५० जना बिरामीले निशुल्क रुपमा स्वास्थ्य परीक्षण गराएका थिए । शिबिरमा स्त्रीरोग तथा जनरल फिजिसियन र रेडियो लोजिष्ट सेवा तर्फ चिकित्कहरु डा. अनिल कुमार, डा. दुर्गा थापा, डा.सोनिया सिह र डा. विदिषा श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । यसैगरी यहि पौष १३ गते सिन्धुपाल्चोकको भिमटारमा आयोजना गरिएको स्वास्थ्य शिबिरबाट १ सय ८५ जना बिरामी लाभान्वित भएका छन् । शिबिरमा हाडजोर्नि रोग बिशेषज्ञ डा. सुमन डंगोल, नाक कान घाँटी रोग बिशेषज्ञ डा. स्वाश्वत कटवाल लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरेको मावन स्रोत साधन व्यवस्थापन प्रमुख समेत रहेका स्वास्थ्य शिबिर संयोजक परञ्जिवि अधिकारीले बताउनुभयो । अस्पतालले ललितपुर उपमहागरपालिका ४ बागडोलमा पौष १० गते गरेको स्वास्थ्य शिबिरमा पनि १ सय १० जना बिरामीले निशुल्क स्वास्थ्य परीक्षण गराएका थियो । उक्त शिबिरमा डा. लतिना श्रेष्ठ र डा. सोनिया सिंहले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिबिरमा सहभागी सवै बिरामीहरुलाई चिकित्सकको सिफारिसमा निशुल्क औषधी समेत बितरण गरिएको अस्पतालकी प्रशासन प्रमुख रोजिका प्रधानले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले स्वास्थ्य सेवाको पहुँचलाई जनताको घरदैलो सम्म पुर्‍याउने अभियान अन्तर्गत विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्दै आएको छ ।  

 

 

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved