News And Events

काठमाण्डौ जिल्ला अदालतमा अल्काको निशुल्क स्वास्थ्य शिबिर



काठमाण्डौ जिल्ला अदालतमा अल्काको निशुल्क स्वास्थ्य शिबिर

फागुन २०

 


ललितपुरस्थित अल्का अस्पतालले काठमाण्डौ जिल्ला अदालतमा शुक्रवार गरेको निशुल्क स्वास्थ्य शिबिरमा २ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिबिरमा जनरल फिजिसियन, हाडजोर्नि तथा नशा रोग, नाक कान घा“टी, दन्त, आ“खा रोग बिशेषज्ञ चिकित्सकहरुले अदालतका न्यायाधीश तथा कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणमा सहभागी बिरामीलाई चिकित्सकको सिफारिस अनुसार निशुल्क रुपमा औषधी बितरण गरिएको थियो । शिबिरमा अधिकांस बिरामीको आ“खाको समस्या देखिएको थियो । धेरै समय कम्प्युटरमा बसेर काम गर्ने भएकाले अदालतका न्यायाधीश र कर्मचारीमा आ“खाको समस्या देखिएको आ“खा रोग बिशेषज्ञ डा समीर उप्रेतीले बताए । बिरामीको आवश्यकता अनुसार ल्याव परीक्षण समेत निशुल्क गरिएको थियो । कार्यव्यस्तताका कारण समयमै आफ्नो स्वास्थ्य परीक्षण गराउन नसक्ने बाध्यतालाई मध्यनजर गर्दै कामको निकै चाप रहेको काठमाण्डौ जिल्ला अस्पताललमा निशुल्क शिबिर आयोजना गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

News & Events

Result of 3rd Healthy Baby Contest 2017 Result of 3rd Healthy Baby Contest 2017

Please click below link to download 3rd Healthy baby Contest Result.

 

3rd Healthy...

View Archive
Doctor's Appointment Great Health Topic Aims College
© Copyright 2006 - 2017 Alka Hospital | All rights reserved