News And Events

सिन्धुपाल्चोकमा निशुल्क स्वास्थ्थ शिविर

अल्का अस्पताल र जनता बैंकले संयुक्त रुपमा सिन्धुपाल्चोकमा निशुल्क स्वास्थ्थ शिविर आयोजना गरेको छ।
जनता बैंकको वार्षिक उत्सव पारेर चौतारा साँगाचोकमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो। स्वास्थ्थ शिविरमा अल्का अस्पताल प्रालिका स्त्री रोग विशेषज्ञ र जनरल फिजिसियनहरुको टोली 
खटेको थियो। शिविरमा २ सय ७० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए। शिविरमा अल्का अस्पतालका डाक्टरहरु सुप्रिमा राजभण्डारी,रिष्मा मण्डल,रेनिश भट्टराई लगायतको टिम खटेको थियो। अल्का अस्पताल र जनता बैंक मिलेर भोलि शनिबार काठमार्डौंको बानेश्वरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिदैँछ।
ग्रामिण भेगमा रहेर उपचारको पहुँच नपुगेकाहरुलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो। 

 

© Copyright 2006 - 2019 Alka Hospital | All rights reserved