News And Events

किन फाइदाजनक छ ल्याप्रस्कोपि

किन फाइदाजनक छ ल्याप्रस्कोपि

डा. रंगिना शाह

 ल्याप्रस्कोपि सर्जरी एउटा प्रविधि हो। जहाँ दुर्विन र औजारको माध्यमले रोगको पहिचान वा उपचार गर्न सकिन्छ ।

महिलाहरुमा हरेक अप्रेशन जुन पुरानो प्रविधि (पेट चिरेर गर्ने अप्रेशन) बाट गरिन्छ । त्यो अप्रेशन ल्याप्रस्कोपी प्रविधिबाट पेट नचिरेकै स्यानो प्वाल पारेर दुर्विन र औजारको माध्यमद्रारा गर्न सकिन्छ ।

ल्याप्रस्कोपीको माध्यमबाट पाठेघरको टयूमर डिम्बामा बसेको गर्भ निकाल्नको लागि र वाँझोपन (बच्चा नवसेको मा कारण पत्ता लगाउने क्रममा र संगैसंगै उपचारमा पनि प्रयोग गर्न सकिन्छ । वाझोपनमा खास गरि नलि खुल्ला छ कि छैन

डिम्बाको अवस्था र पाठेघरको अवस्था पत्ता लगाउन सहित उपचार गराउन पनि मिल्छ । यो प्रविधिवाट अप्रेशन गराउदा महिलाहरुमा विभिन्न फाईदा हुन्छ ।

पुरानो प्रविधिको माध्यमवाट गर्ने वेलामा जुन दश सेन्टिमिटर अथवा त्यो भन्दा वढी चिरेर गर्नु पर्छ । तर ल्याप्रस्कोपीको प्रविधिमा सवभन्दा ठूलो प्वाल एक सेन्टिमिटरको हुन्छ र २÷३ वटा आधा सेन्टिमिटरको प्वाल मात्र पार्नु पर्छ ।

जसले गर्दा घाउको दाग कम मात्रामा देखिन्छ। पुरानो प्रविधिले अप्रेशन गर्ने बेलामा रगत वग्ने सम्भावना वढी हुन्छ जसले गर्दा रगत चढाउने सम्भावना पनि वढी हुन्छ ।

ल्याप्रस्कोपी प्रविधिबाट गर्ने अप्रेशनहरुमा थोरै मात्रामा रगत नाश हुन्छ । जसले गर्दा रगत चढाउने सम्भावना कम हुन्छ ।

सानो घाउ हुने कारणले घाउ पाक्ने सम्भावना पनि कमै हुन्छ । यो फाइदाहरु वाहेक अन्य लाभहरु भन्नु पर्दा अप्रेशन गरेपछि अस्पतालवाट कम समयमा डिस्चार्ज हुन पाईने र छिटो भन्दा छिटो

आफ्नो दैनिक कार्यमा फर्कन सकिन्छ । विरामीलाई एन्टिवायोटीक र नदुख्ने औषधी निकै कम मात्रामा प्रयोग हुन्छ ।

महिलाहरुमा हामीले ल्याप्रस्कोपिक प्रविधिबाट उपचार गर्दै आएका छौं । यो प्रविधिको बारेमा जानकारी र जनचेतना कमी भएको हामीले पाएका छाैं ।

विश्व भरिमा यो प्रविधि निकै नै विरामीहरुको फाइदाजनक उपचारको लागि प्रमाणित भएको छ । तर नेपाली जनतामा यो प्रविधिको जानकारी भएको निकै नै कम मात्रामा देखिन्छ ।

यो प्रविधि एकदमै सुरक्षित तरिकावाट क्यामराको माध्यमवाट टिभी वा कम्प्यूटरको माध्यमवाट स्क्रीनमा हेरेर गरिन्छ ।

जसले गर्दा कुनै समस्या आएमा तुरुन्तै पत्ता लाग्छ। वेफाइदाको वारेमा पनि कुरा गर्नु पर्दा जसको पहिला पेट चिरेर अप्रेशन गरि सकेको छ भने कहिले कहिले आन्द्रा पिसावको थैली अथवा अन्य भाग पाठेघर र डिभ्बामा टाँसिएको हुन सक्छ ।

जसले गर्दा यो प्रविधिबाट गर्न गाह्रो र असम्भव पनि हुनि सक्छ । अर्को वेफाईदा भन्नुपर्दा ठूलो ट्यूमरहरुले गर्दा पिसावको नलिमा समस्या आउन सक्ने सम्भावना हुन सक्छ ।

अन्त्यमा ल्याप्रस्कोपिक सर्जरी स्त्री रोगमा बच्चा वाहिर निकाल्ने बाहेक सवै रोगमा गर्न सकिन्छ ।

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved