News And Events

लमजुङको दोर्जीमा निशुल्क स्वास्थ्य शिविर

 अल्का अस्पतालले लमजुङको दोर्जीमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। जनता बैंकसँग मिलेर अल्का अस्पतालले दोर्जीमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो। सोही अबसरमा प्रदेश नम्बर प्रदेश नम्बर ४ का मुख्यमन्त्री किरण गुरुङले जनता बैंक दोर्जी शाखाको समेत उद्घाटन गरेका थिए। निशुल्क स्वास्थ्य शिविरमा ३ सय ३७ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराएका थिए। जनरल फिजिसियन, स्त्री रोग बिशेषज्ञ र नाक, कान घाँटीका चिकित्सकहरु दोर्जी पुगेर स्वास्थ्य शिविर संचालन गरेका थिए। ग्रामिण भेगमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि निशुल्क स्वास्थ्य शिविर संचालन गरेको अल्का अस्पतालकी प्रशासन प्रमुख रोजिका प्रधानले जानकारी दिइन्। आगामी दिनमा पनि देशका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको उनले सुनाइन् ।

Dordi Camp Lamjung

 

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved