News And Events

हेल्दी बेबी प्रतियोगिता



अल्का अस्पतालले यस वर्ष पनि हेल्दी बेबि प्रतियोगिता आयोजना गर्ने
ललितपुर, जेठ ८
अल्का अस्पतालले यस वर्ष पनि हेल्दी बेबी प्रतियोगिता आयोजना गर्ने भएको छ। लाइन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए को सहकार्यमा अस्पतालले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता यही जेठ १२ गते अस्पताल प्राङगण जावलाखेलमा हुने  अस्पतालकी कार्यकारी निर्देशक तथा हेल्दी बेबि प्रतियोगिताकी अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगितामा नाम दर्ताको लागि बच्चाको जन्ममिति प्रमाणपत्रको प्रतिलिपि, नियमित खोप लगाइएको कार्ड र पासपोर्ट साइजको २ वटा रंगिन फोटो आवश्यक पर्ने अस्पतालकी प्रशासन प्रमुख रोजिका प्रधानले जानकारी दिनुभयो।
जन्मेदेखि १ वर्षसम्मका ५० जना, १ वर्षदेखि ३ वर्षसम्मका ७५ जना र ३ वर्षदेखि ५ वर्षसम्मका ७५ जना बालबालिकालाई प्रतियोगितामा सहभागी गराइने छ। बिजेताले नगद तथा आकर्षक पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी भएका बाबुआमालाई आफ्नो बच्चाको शारिरीक, मानसिक, पुर्ण खोप तथा पोषण सम्बन्धि जानकारी समेत दिइने अस्पतालले जनाएको छ।

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved