News And Events

आजदेखि अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले आजदेखि ५ दिनसम्म  निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ।

जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।

सोमबार विहान अस्पतालमा आयोजित एक कार्यक्रमका बीच निःशुल्क स्वास्थ्य शिविरको अस्पतालका अध्यक्ष कुमार थापाले उद्घाटन गर्नुभयो।

सो कार्यक्रममा उहाँले आइभिएफ, मधुमेह र साइकियाट्रिक एक आपसमा सम्बन्ध भएका कारण यस पटकको शिविरमा यी विषयलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो।

अस्पताल परिसरमा सुरु निःशुल्क स्वास्थ्य शिविरमा   आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भइरहेको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिनुभयो।

शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ।

शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ। त्यस्तै एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ। शिबिरमा सहभागीहरुले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन।

 

अल्का अस्पतालले यसअघि लमजुङ्ग, मकवानपुर, काभ्रे लगायतका दर्जनौ जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ।

अल्का अस्पताल २०६२ साल फागुन ३ गतेदेखि संचालनमा आएको हो।

अल्का अस्पतालमा सय शैया छ।

अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो।

अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिदैँ आइरहेको छ।

अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ। यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुदैँ आएको छ।

नशा सम्बन्धि, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया  लगायतका विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिने सेवामा पनि अल्का अगाडी छ।

© Copyright 2006 - 2023 Alka Hospital | All rights reserved